
६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।
‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । त्यसैले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं,’ प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले भने ।
उनका अनुसार देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’, ज्वालाले भने ।
प्रतिक्रिया 4