
काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता गर्ने भएको छ । फिल्मको चर्चित गीत ‘कर्णाली काटौंला’माथि भिडियो बनाएर विजयी हुनेलाई पुरस्कृत गरिने भएको छ ।
रवि ओड र इन्द्रकला राईको आवाजमा गतसाता उक्त गीत युट्युवमा रिलिज भएको थियो । सो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट ५ जनालाई निर्माता कम्पनी आरबी मूभिजले विभिन्न अवसर र पुरस्कार दिने जनाएको हो ।
टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट ५ जनालाई ब्यानरले बनाउने फिल्ममा अभिनय मौका दिइने उल्लेख छ । पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ दिइने जनाइएको छ । १०० जना टिकटकरलाई प्रिमियरमा सहभागि गराइने भएको छ ।
द्रौपदी ह्यासट्याग प्रयोग गर्न समेत आग्रह गरेको छ । यसको नतिजा फागुन २० गते फिल्मको आधिकारिक सामाजिक संजालमा पृष्ठमा घोषणा हुने जनाइएको छ ।
कर्णालीको कथामा निर्माण भएको फिल्ममा निर्देशक आचार्यसहित रवि ओड, सुजाता तिमल्सिना, प्रकाश ज्ञवाली, कविराम भाम लगायतले अभिनय गरेका छन् । चैत ८ देखि फिल्म प्रदर्शन हुने जनाइएको छ ।
प्रतिक्रिया 4