+
+
Shares

भवानी अय्यरले काठमाडौंमा पटकथा लेखन सिकाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १७:२१

काठमाडौं । बलिउड पटकथा लेखक एवं उपन्यासकार भवानी अय्यरले नेपाली फिल्म लेखकलाई पटकथा लेखन सिकाउने भएकी छन् । शिक्षा फाउण्डेसन नेपालले चैत ४ देखि ७ गतेसम्म पटकथा लेखन कार्यशाला आयोजना गरेको छ ।

शिक्षा फाउण्डेसन नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था हो । ‘कथासथा’सँगको सहकार्यमा फाउण्डेसनले ‘गो टेल इट अन द माउन्टेन’ नामक कार्यशाला गर्न लागेको हो । इच्छुकले ७ मार्चसम्म आवेदन दिन सक्नेछन् ।

लेखक अय्यर ‘ब्ल्याक’, गुजारिस, लुटेरा, राजी, सामबहादुरजस्ता समीक्षात्मकरुपमा निकै रुचाइएका भारतीय फिल्मको लागि परिचित छिन् । संजयलीला भन्सालीको ‘ब्ल्याक’बाट उनले पटकथा लेखनमा डेब्यु गरेकी थिइन् ।

उनले भारतीय वेब-सिरिज ‘काफिर’, ‘ब्रिथ : इन टु द स्याडोज’, ‘द अम्पायर’ पनि लेखेकी हुन् । उनको आगामी फिल्म ‘कमल और मीना’ हो जसलाई सारेगमाले निर्माण गरेको हो ।

सलमान खान र अतुल अग्नीहोत्रीको फिल्म ‘लोरी’ पनि उनको फिल्म हो जसलाई मेघ्ना गुल्जारले निर्देशन गरेकी छन् । फिल्म म्यागजिन स्टारडस्टकी सम्पादक समेत रहेकी अय्यरको उपन्यास ‘अनोन’ प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?