
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले अध्यादेशका बारेमा अनावश्यक बखेडा झिकेको भन्दै संविधानको अध्यादेशको व्यवस्था हटाउन चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यादेश किन ल्याउने भन्नेबारे संविधानमा स्पष्ट लेखिएको बताए ।
प्रतिपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याइएको भन्दै गरेको विरोधप्रति घिमिरेले आपत्ति जनाए ।
‘अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के ? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो ? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाऔं । त्यो पनि सहमतिबाटै गरौं,’ घिमिरेको चुनौती छ, ‘संविधान संशोधनको विषय उठेकै रहेको छ । अध्यादेश ल्याउने कुरा संविधानबाट हटाऔं । त्यो पनि हुनसक्छ ।’
आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको जिकिर गरे । ‘यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
प्रतिक्रिया 4