+
+
Shares

सानिमा बैंक र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १८:१०

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट पीएलसीबीच करिब २ अर्ब रुपैयाँ (१५ मिलियन अमेरिकी डलर) व्यापार ऋण सम्झौता भएको छ ।

समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यो प्रयास फोसिल फ्युलमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ ।

सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्द्धन गरी स्थानीय समुदायका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?