
६ फागुन, काठमाडौं । २ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वषीृय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् ।
उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो ।
बूढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर नउीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनीहरूविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4