+

नेपाली कबड्डी टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान

२०८१ फागुन  ६ गते १८:२७ २०८१ फागुन ६ गते १८:२७
नेपाली कबड्डी टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान

६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरूष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ तारिखसम्म बंगालदेशसँग हुने ५ खेलको श्रृंखला खेल्न १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।

खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा रहेका छन् ।

प्रशिक्षकमा लोकबहादुर विष्ट, व्यवस्थापकमा खेमराज चम्लागाईं तथा अफिसियलमा निराजन श्रेष्ठ र नवराज श्रेष्ठ छन् ।

टोलीलाई सफलतको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली कबड्डी टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय