+
+
Shares

संस्कृत विश्वविद्यालयको ९१० बिघा जग्गा अतिक्रमण, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १८:४३

६ फागुन, काठमाडौं । संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले ९१० बिघा जग्गा अतिक्रमण भएको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन् ।

सरकारले गत असार २० मा पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।

समितिले दाङमा रहेको विश्वविद्यालयको कुल १ हजार ६६२ बिघा जग्गा रहेको र देउखुरी क्षेत्रमा १ हजार ३३६ बिघामध्ये ९१० बिघा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका छन् ।

संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुुने सुुझाव दिए ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरुमा तालाबन्दी र अतिक्रमण जस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?