+
+
Shares

ओशो सन्यासी बनिन् शिल्पा, ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ९:३४

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् ।

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् ।

शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्- ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्‍याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् । हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।

त्यसयता उनी पूर्वश्रीमान तथा फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्धले चर्चामा रहिन् । उनीहरूबीच सम्बन्धविच्छेद भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?