+
+
Shares

मस्कले सार्वजनिक गरे ‘विश्वकै शक्तिशाली’ एआई

एजेन्सी एजेन्सी
२०८१ फागुन ७ गते ११:३८

एलन मस्कले आफ्नो नयाँ एआई बट लन्च गरेका छन् । Grok 3 नामक उक्त एआईलाई विश्वके सबैभन्दा शक्तिशाली तथा स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्स टूल दाबी गरिएको छ ।

एलन मस्कको एआई कम्पनी एक्स एआईका अनुसार ग्रोक थ्रीबाट कोडिंगदेखि लाइभ गेमसम्म बनाउन सकिन्छ । छिटै नै ग्रोक थ्रीको एपीआई भर्सन पनि लन्च गरिनेछ, जसलाई कम्पनीहरुले प्रयोग गर्न सक्नेछन् । ग्रोक थ्री एआई मोडेल प्रिमियम प्रयोगकर्ताका लागि जारी गरिएको हो ।

मस्कका अनुसार यो एआई मोडेललाई दुई लाख जिपियुको सहयोगमा तालिमप्राप्त बनाइएको छ । मस्कले केही दिनअघि सोसल मिडिया प्लाटफर्म एक्समा यो एआईको टिजर सार्वजनिक गरेका थिए ।

उनका अनुसार यो विश्वको सबैभन्दा स्मार्ट एआई हुनेछ ।

वास्तवमा एआईको क्षेत्रमा प्रतिस्पर्धा तीव्र बनेको छ । खासगरी चिनियाँ एआई आएसँगै त्यसले अमेरिकी कम्पनीका एआईलाई कडा टक्कर दिइरहेका छन् ।

नयाँ एआईमा के छ खास ?

एलन मस्क तथा साम अल्टम्यानको बीचमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दा ग्रोक थ्री ले ठूलो अर्थ राख्दछ । मस्कले हालै साम अल्टम्यान तथा ओपन एआईको बोर्डसमक्ष ओपन एआई कम्पनीलाई ९७.४ अर्ब डलरमा बेच्न प्रस्ताव गरेका थिए । यद्यपि साम र ओपन एआई बोर्डले उक्त प्रस्ताव अस्वीकार गर्‍यो । सो घटनाको केवल एक हप्तामै मस्कले आफ्नो कम्पनीको एआईको अत्याधुनिक मोडेल सार्वजनिक गरेका हुन् ।

अर्को महत्वपूर्ण त के भने नयाँ एआई लन्च गर्ने क्रममा मस्कले ओपन एआईको 4o लाई सबैभन्दा कमजोर एआईको रुपमा देखाए । उनले म्याथ, तार्किकता तथा विज्ञान लगायतका सबै विधामा ग्रोक थ्रीको तुलनमा जिपिटी फोर ओलाई कमजोर रुपमा प्रस्तुत गरे । मस्क तथा उनको टिमको दाबी के छ भने ग्रोक थ्रीमा अत्याधुनिक तार्किक क्षमता छ र यो समयक्रममा अझै समृद्ध बन्नेछ ।

लाइभ डेमोका क्रममा ग्रोक थ्री को मद्दतले मस्कको टिमले एउटा गेम पनि तयार गरेको थियो । यद्यपि यो एउटा आधारभूत गेम थियो । योसँगै मस्कले एआई गेम डेभलपर्सको पनि घोषणा गरेका छन् । कम्पनीले आगामी दिनमा एआई गेम स्टुडियो लन्च गर्नेछ ।

स्मरण रहोस् ग्रोक थ्री को तार्कित मोडेल अहिले बिटा भर्सनमा रहेको छ । साथै कम्पनीले एउटा मिनी भर्सनको पनि घोषणा गरेको छ ।

उक्त बिटा भर्सनलाई एक्सको प्रिमियम प्लानसँगै प्रयोग गर्न सकिन्छ । त्यसका लागि एक्स एप अपडेट गर्नुपर्ने हुन्छ । यसका अलावा कम्पनीले एउटा छुट्टै सब्सक्रिप्सन योजना पनि लन्च गर्नेछ, जसको नाम सुपर ग्रोक हुनेछ । उक्त सब्सक्रिप्सन ग्रोक एप र ग्रोक डटकम दुवैमा हुनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?