+
+
Shares

बल्खुमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान*

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १२:३९

७ फागनु, काठमाडौं । बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘शंकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं,’ एसएसपी अधिकारीले अनलाइनखबरसँग भने ।

मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।

यसअघि हेडलाइनमा कालीमाटी भएकोमा सच्याएका छौं। सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?