+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६६ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/3 (8.6)
Shares

‘लाज शरणम्’ बारेको आदेशमा निर्देशक समाज : सर्जकलाई झस्कायो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १३:३१

काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाउने अदालतको आदेशमा टिप्पणी गर्दै चलचित्र निर्देशक समाजले यसले सिर्जनशिल सर्जकलाई नराम्रोसँग झस्काएको बताएको छ ।

आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनासयअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको समेत बताएको छ ।

‘लाज शरणम्’ लगायत यस्तै प्रकृतिको कानूनी लडाईंमा रहेका अन्य फिल्मको साथमा ऐक्यबद्धता जाहेर पनि समाजले गरेको छ । ‘यसअघि पनि चलचित्र क्षेत्रलाई विभिन्न रुपमा आक्रमण गर्ने, चलचित्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घोर भर्त्सना गर्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरि परिपक्वताको साथ काम गर्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

पाटन उच्च अदालतले मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाई गर्दै फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?