+
+
Shares

प्रजातन्त्रमाथि कालो बादल मडारिन थाल्यो : चित्रबहादुर केसी

रासस रासस
२०८१ फागुन ७ गते १३:३२

७ फागुन, ढोरपाटन (बागलुङ) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरू कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् ।

बागलुङमा आज ७५औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गरे । सत्ता र शक्तिमा बस्नेहरुले जनताको भावना विपरीत काम गर्न नहुने उनको सुझाव थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए । जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने केसीको दाबी थियो ।

‘अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गाँस, बासको समस्याको समाधान गर्न सकेन, त्यसकारण आवश्यक छैन भन्न थालेका छन्’ उनले भने, ‘प्रतिगामीहरूले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटेका छन् ।’

उनले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरंकुश शासन ढालेर ल्याएको बताए । सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैं स्थायी हुने अध्यक्ष केसीको भनाइ छ ।

जनताको चाहना र आवश्यकता अनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?