+

दक्षिण एसियाली क्रस कन्ट्री एथ्लेटिक्समा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८१ फागुन  ७ गते १४:०० २०८१ फागुन ७ गते १४:००
दक्षिण एसियाली क्रस कन्ट्री एथ्लेटिक्समा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

७ फागुन, काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी २३ तारिखमा हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुने छन् ।

दुवै खेलाडी त्रिभुवन आर्मीका हुन्। जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिने छन् । अजय नेपाल पुलिसमा आबद्ध छन् भने बाँकी दुई खेलाडी सिभिल हुन् ।

सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यस पटक पुरूषतर्फ दुई ईभेन्टमा मात्र प्रतिस्पर्धा हुनेछ ।

प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

दक्षिण एसियाका सातवटै राष्ट्रका खेलाडी सहभागी हुने यस च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउने नेपाली खेलाडीहरूले लक्ष्य राखेका छन् ।

क्रस कन्ट्री एथ्लेटिक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय