+
+
Shares

प्रकृति लम्साललाई न्याय माग्दै वीरगञ्जमा प्रदर्शन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १३:५३

७ फागुन, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्याय माग्दै पर्साको वीरगञ्जमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदको नेतृत्वमा रहेका विद्यार्थीले ‘प्रकृति लम्साललाई न्याय दे’, ‘दोषीलाई कारबाही गर’, ‘केआईआईटीका अधिकारीहरूलाई कारबाही गर’, ‘नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टी गर’ लगायत नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?