+
+
Shares

०८४ को निर्वाचन सम्झेर पार्टीलाई सशक्त बनाऔं : कोइराला

२०८४ मा हुने निर्वाचनलाई मध्यनजर गरेर अहिलेदेखि नै पार्टीलाई सशक्त बनाउनुपर्ने कांग्रेस नेता शशांका कोइरालाको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १५:३५

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०८४ को निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले अब सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताए ।

‘नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको पनि महत्वपूर्ण भूमिका छ । २०८४ मा निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर यो संगठनले नेपाली कांग्रेसलाई टिवा दिन्छ भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने ।

उनले बीपी कोइरालाले देखेका सपना साकार पार्ने जिम्मेवारी अबको नेतृत्वको काँधमा आउने भन्दै पार्टीका कर्णधारहरूले त्यसको जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने पनि बताए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था पैजातन्त्र सेनानी संघको महाधिवेशन २५ वर्षपछि हुन सकेको थिएन । १० फागुनसम्म चलने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रजातन्त्र सेनानी संघको पहिलो महाधिवेशन २०५३ मा भएको थियो । २०५६ मा दोस्रो महाधिवेशन हुनुपर्नेमा त्यसयता तदर्थ समितिबाट चल्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?