+
+
Shares

३६२ ग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट एक भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १६:३५

७ फागुन, काठमाडौं । अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।

‘१ मिलिग्रामको हिसाबले किनबेच हुने ब्राउन सुगर अहिले बरामद भएको ठूलो परिमाण हो,’ एक अधिकृत भन्छन् ।

अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पाएको थियो ।

असई नवीनकुमार शाहीसहित टोलीलाई ब्यूरोले परिचालन गरेको थियो । असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?