+
+
Shares

शिक्षकलाई निजामती सरह सेवा सुविधा दिनुपर्छ : नैनसिंह महर

‘शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनुपर्छ । भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १७:५०

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकलाई निजामती सरह सेवा सुविधा दिइनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् ।

‘शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनुपर्छ । भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्छ,’ उनले भने ।

गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनु पर्नेमा उनको जोड थियो ।

नेता महरले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई संघीय संसदको चालु हिउँदे अधिवेशनबाट पारित गर्न समेत सरकारसँग माग गरे ।

विद्यालय शिक्षा विधेयकमा रहेका विषयमा सरोकारवालासँग छलफल गरेर उनीहरूको रायलाई पनि स्थान दिएर पारित गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?