+
+
Shares

प्रकृति लम्साल मृत्युबारे सत्यतथ्य छानबिन गर्न एकीकृत समाजवादीको माग

नेकपा एकीकृत समाजवादीले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १८:१४
मृतक प्रकृति लम्साल ।

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतको ओडिसा राज्यको कलिंगा इन्सिच्युट अफ इन्डस्ट्रियन टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ ।

एकीकृत समाजवादीले निर्णयमा लेखेको छ, ‘मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र नेपाली विद्याथीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्रावासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न यो बैठकले नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?