
गत आइतबार राति खोटाङको हलेसी बजारमा भएको भीषण आगलागी/फाइल तस्वीर
७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले खोटाङको हलेसीका आगलागी पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निर्णय गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा भएको आगलागीबाट करिब ७५ लाख मूल्य बराबरको क्षति भएको भन्दै एकीकृत समाजवादीले पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
गत आइतबार बेलुकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी बजारमा भीषण आगलागी भएको थियो ।
पदमशेर राईको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर सुरु भएको आगो समयमा निभाउन नसक्दा ७५ लाख बराबरको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4