+
+
Shares

विराटनगरको रानी नाका हुँदै फर्किए केआईआईटीका ७५ विद्यार्थी

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगरको रानी नाका हुँदै बुधबार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँ र सिरहाका ३/३ जना, सर्लाही र जनकपुरका २/२ जना तथा ललितपुर र उदयपुरका १/१ जना विद्यार्थी नेपाल फर्किएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १९:०४

७ फागुन, विराटनगर । विराटनगरको रानी नाका हुँदै भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलका मध्ये ७५ जना बुधबार विराटनगर नाका हुँदै घर फर्किएका हुन् ।  मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगरको रानी नाका हुँदै बुधबार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँ र सिरहाका ३/३ जना, सर्लाही र जनकपुरका २/२ जना तथा ललितपुर र उदयपुरका १/१ जना विद्यार्थी नेपाल फर्किएका हुन् ।

शंकास्पद अवस्थामा मृत भेटिएकी लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले विद्यार्थीलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालेको थियो ।

विद्यार्थीमाथि दुर्व्यवहार भएको विषयले नेपाल र भारतमा चर्को विरोध भएपछि कलेज प्रशासनले सार्वजनिक रूपमा माफी मागेको थियो ।

आइतबार भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?