+
+
Shares

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समय योगदान पुर्‍याएवापत रिजाललाई सम्मान गर्न लागिएको समाजले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १९:०२

६ फागुन, काठमाडौं । नेपाल स्रष्टा समाजले ‘रेखा-पवन स्रष्टा सम्मान’ वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समय योगदान पुर्‍याएवापत रिजाललाई सम्मान गर्न लागिएको समाजले जनाएको छ । ‘नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकोले उहाँलाई स्रष्टा सम्मान गर्न लागिएको हो,’ समाजको विज्ञप्तिमा उल्लेख छ ।

यस पटकको रेखा-पवन स्रष्टा सम्मानको लागि साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले जानकारी दिए ।

राशि १ लाख १ सय ११ रुपैयाँ राशिको सम्मान आगामी फागुन २४ गते काठमाडौँमा समर्पण गरिने समाजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?