+
+
Shares

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा निवेदन खुल्यो

१८-५९ वर्षका नागरिकले निवेदन दिन सक्ने

न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकले यस्तो निवेदन दिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १३:२८
प्रधानमन्त्री रोजगार कार्यक्रमको फाइल तस्वीर ।

७ फागुन, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार इच्छुकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने भएका छन् । न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकले यस्तो निवेदन दिन सक्नेछन् ।

निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले स्थानीय तहमार्फत खर्च गर्ने गरी बजेट विनियोजन गर्दै आएको छ । चालु आवका लागि सरकारले २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसको स्रोत नेपाल सरकार स्वयंले बेहोर्ने गरी तोकिएको छ ।

यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप ८६ हजार जनाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य छ । यो कार्यक्रम स्थानीय तहबाट रोजगारमूलक आयोजना सञ्चालन गरेर न्यूनतम रोजगारी उपलब्ध गराउने गरी ७ सय ५३ स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?