+
+
Shares

‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १९:३०

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले सन् २०२१ को अर्जेन्टिनी फिल्म ‘सेभेन डग्स’को रिमेकमार्फत हलिउडमा डेब्यु गर्ने भएका छन् । उक्त फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए ।

यो हलिउड फिल्मको छायांकन दुबईमा भैरहेको जनाइएको छ । छायांकन सेटबाट सलमानको फस्टलुक अनलाइनमा लिक भएको छ । विवरणअनुसार, सलमानले हालै दुबईमा एक दिनको लागि सुटिङ गरे जहाँ मुम्बईको धारावी बस्तीजस्तो विशाल सेट विशेष रूपमा निर्माण गरिएको छ ।

सलमानको भूमिकाबारे विस्तृत खुलाइएको त छैन तर, स्रोतका अनुसार फिल्ममा उनको विशेष भूमिका हुनेछ । फिल्मको आत्मीय र रोचक विषयलाई ध्यानमा राख्दै उनको चरित्रले कथावस्तुमा कस्तो योगदान पुर्‍याउँछ भन्ने कुरा चाखलाग्दो हुनेछ ।

यो फिल्मको साथमा सलमान प्रियंका चोपडा, दीपिका पादुकोण र अली फजलजस्ता हलिउडमा प्रवेश गर्ने भारतीय कलाकारको सूचीमा सामेल हुनेछन् । सलमानका भतिजा अयान अग्निहोत्री पनि आफ्नो नयाँ गीत सार्वजनिक गर्न दुबईमा छन् । अयानको म्युजिक लन्चमा उपस्थित हुँदा सलमानले ‘सेभेन डग्स’को रिमेकमा विशेष भूमिका खेल्ने निर्णय गरेको स्रोतले खुलासा गरेको छ ।

सलमानको हलिउड डेब्यु पक्कै पनि फ्यानका लागि ठूलो पल हो । अहिले छायांकन चलिरहेकोले फ्यान उत्सुकतापूर्वक थप अपडेटको लागि पर्खिरहेका छन् । सलमान पछिल्लो पटक ‘टाइगर ३’ मा देखिएका थिए । उनी अर्को फिल्म ‘सिकन्दर’मा देखिनेछन्, जुन ईदमा रिलिज हुने तयारीमा छ । फिल्ममा रश्मिका मन्दानाको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?