+

विशालले चितवनबाटै एनएसएल खेल्ने

२०८१ फागुन  ७ गते १९:४८ २०८१ फागुन ७ गते १९:४८
विशालले चितवनबाटै एनएसएल खेल्ने

७ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई रिटेन गरेको छ ।

चितवनले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको हो । विशालले घरेलु फुटबलमा मच्छिन्द्र क्लबको कप्तानी गर्दै आएका छन् ।

उनी दोस्रो संस्करणको एनएसएलमा चितवनको मार्की खेलाडी थिए । अघिल्लो संस्करणको एनएसएलमा चितवन ९ टिममध्ये पुछारमा रहेर लिग टुंग्याएको थियो । चितवनले एक खेलमा मात्र जित निकालेको थियो ।

एनएसएलको तेस्रो संस्करण आउँदो चैतमा हुँदैछ । खेलाडी अक्सन यही शनिबार हुँदै छ ।

एफसी चितवन नेपाल सुपर लिग फुटबल विशाल श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय