
७ फागुन, वीरगञ्ज । पर्साको पर्सागढीमा सञ्चालित निःशुल्क आँखा शिविरमा १५५ जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये ४५ जनामा मोतियाबिन्दुको समस्या देखा परेको छ । शुक्रबार उनीहरूको निःशुल्क शल्यक्रिया गरिने वीरगञ्ज सामुदायिक आँखा अस्पतालले जनाएको छ।
पर्सागढी नगरपालिका-७ टिकुलियामा सञ्चालित आँखा शिविरमा आँखा परीक्षण गराएका सर्वसाधारणलाई आवश्यकता अनुसार औषधि समेत वितरण गरिएको छ ।
शिविरमा आँखा परीक्षण गराउन आएका ८० जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका चिकित्सकहरूले शिविरमा आएका सर्वसाधारण नागरिकहरूको आँखा परीक्षण गरेका थिए ।
सहज सेवा सिप विकास केन्द्र पटेर्वा सुगौली पर्साको आयोजनामा तथा पर्सागढी नगरपालिका कार्यालयको सहयोगमा शिविर सञ्चालन भएको वडाध्यक्ष शंकर रायभरले जानकारी दिए ।
प्रतिक्रिया 4