+

सलेशले जित्यो बागमती यू–२० गर्ल्स सेभेन्स नेशनल रग्बी च्याम्पियनसिप

२०८१ फागुन  ७ गते २१:०४ २०८१ फागुन ७ गते २१:०४
सलेशले जित्यो बागमती यू–२० गर्ल्स सेभेन्स नेशनल रग्बी च्याम्पियनसिप

७ फागुन, काठमाडौं । कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यू–२० गर्ल्स सेभेन्स नेशनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ।

मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो।

खेलको पहिलो हाफमै सलेशले एक ट्राईमार्फत ५–० को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो। सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन्।

एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन।

नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा कोशीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे।

यू–२० गर्ल्स नेशनल रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय