+

कैलाली प्रिमियर लिगमा गोदावरी र पुनर्वास ‘बी’को विजयी सुरुवात

२०८१ फागुन  ७ गते २१:१३ २०८१ फागुन ७ गते २१:१३
कैलाली प्रिमियर लिगमा गोदावरी र पुनर्वास ‘बी’को विजयी सुरुवात

७ फागुन, काठमाडौं । बुधबारदेखि धनगढीमा सुरु भएको तेस्रो संस्करणको कैलाली प्रिमियर लिग क्रिकेटमा गोदावरी नगरपालिका र पुनर्वास नगरपालिका ‘बी’ टिमले विजयी सुरुवात गरेको छ ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा कैलालीको गोदावरी नगरपालिकाले शुक्लाफाँटा नगरपालिकालाई ५ विकेटले हरायो ।

शुक्लाफाँटाले दिएको १२४ रनको लक्ष्य गोदावरीले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए। निश्चल केसीले ३७ तथा हृदय बिठारीले ३५ रनको अविजित पारी खेले । शुक्लाफाँटाका कैलाश ऐरले २ तथा अशोक धामीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । निराजन गौतमले सर्वाधिक २६ रन बनाए । सुरज तिरुवा १६, लोकेश जोशी र कृष्ण भट्टले समान १५ रन, कैलाश ऐरले अविजित १३ तथा अशोक धामीले १० रनको योगदान दिए ।

गोदावरीका लागि खडक बोहरा र आयुश द्वारियाले समान दुई-दुई विकेट लिँदा प्रकाश राज जोशी, शुशिल रावल र शुशिल रावलले समान एक-एक विकेट लिए ।

त्यस्तै अर्को खेलमा पुनर्वास नगरपालिका बी ले घोडाघोडी नगरपालिकालाई १०९ रनले पराजित गर्‍यो । पुनर्वास बी ले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याएको  घोडाघोडीले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो ।

घोडाघोडीका लागि कप्तान गोविन्द बिष्टले सर्वाधिक १९ रन बनाए । त्यसैगरी सुधांशु रावलले अविजित १४ रन तथा विशाल विष्ट १२ र जिवन थलालले १० रनको योगदान दिए । पुनर्वास नगरपालिका बी का लागि बसन्त सिंह कार्की, बिक्रम ठगुन्ना, सागर भण्डारी र सचिन भट्टले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुनर्वास नगरपालिका बी ले निर्धारित १६ ओभरको खेलमा २ विकेटको क्षतिमा १८६ रन बनायो । पुनर्वास नगरपालिका बी का लागि दिपक बोहराले शतक बनाए । ५२ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतले अविजित १०० रन बनाए । त्यस्तै टेक रावतले ६५ रन बनाए ।

पुनर्वास नगरपालिका बी का लागि अभिषेक पालले २ तथा कप्तान बिपिन रावलले ७ रन बनाए । घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द विष्ट र चेतराज भण्डारीले समान एक एक विकेट लिए ।

कैलाली प्रिमियर लिग क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय