+
+
Shares

दिल्लीको दिलमा रेखा राज

चुनावी अभियानको दौराउन रेखा गुप्ताले ‘काम नै मेरो पहिचान हो’ भन्ने नारा खुबै घन्काइन् । त्यसैलाई विश्वास गरेर मतदाताले मत दिए, बीपेजीले मुख्यमन्त्रीको कुर्सी ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते २३:२४

७ फागुन, काठमाडौं । ५ फेब्रुअरी २०२५ मा दिल्ली विधानसभाका लागि भएको मतदानअघिसम्म रेखा गुप्तालाई बीजेपी समर्थित भनिएका सञ्चारमाध्यमहरूले पनि त्यति कभरेज दिएका थिएनन् ।

तीन दिनपछि चुनावी परिणाम घोषणा हुँदा उनले निकटतम प्रतिद्वन्द्वी आम आदमी पार्टी (आप)की बन्दना कुमारीलाई २९ हजार पाँच सय ९५ भोटले उछिनिन् । पहिलो प्रतिस्पर्धामै विधानसभा उक्लिएपछि उनको चर्चा बढ्यो ।

७० सदस्यीय दिल्ली विधानसभामा ४८ सिट जितेर बीजेपी २७ वर्षपछि सत्तामा फर्कंदै थियो । त्यसैले मुख्यमन्त्रीको दौडा पनि स्वभाविक रुपमा सुरु भयो । दौडमा उनी पनि थिइन् । तर, उनीभन्दा अघि अरु बलिया आकांक्षी थिए । दौडमा थिए, स्वयं रेखा गुप्ता, प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत । बुधबार बिहानसम्म भारतीय सञ्चारमाध्यमहरूले यिनैमध्ये एक भावी मुख्यमन्त्री बन्ने अड्कल काटिरहेका थिए ।

तर, विधायक दलको बैठकमा रेखा गुप्ताको नाम प्रस्ताव भयो, विरोधको स्वर त्यति सुनिएन । बैठकले उनलाई दलको नेता चयन गर्‍यो । यससँगै रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बन्ने निश्चित भयो ।

५० वर्षीया रेखाले बिहीबार रामलीला मैदानमा शपथ लिनेछिन् । दिल्ली विधान सभामा उनी पहिलोपटक पुगेकी हुन् । तर, राजनीतिको मैदानमा भने उनले लामै इनिङ्स पार गरेकी छिन् ।

उनले आर्थिक रूपमा कमजोर महिला विद्यार्थीलाई उच्च शिक्षामा मद्दत गर्ने लक्ष्यसाथ ‘सुमेधा योजना’ थालिन् । त्यो योजना धेरै विद्यार्थीसँग सीधा जोडिने कडी बन्यो ।

सन् १९७४ मा हरियाणको जुलानामा यिनको जन्म भएको थियो । दिल्लीसँग उनी जोडिनुको कारण भने उनको पिताजी हुन् । उनका पिता एसबीआई बैंकमा जागिरे भएपछि उनी परिवारका अन्य सदस्यसँगै दिल्ली पुगिन् । हरियाणा दिल्लीसँग जोडिएको कारणले त्यसपछि पनि उनको आवतजावत चलिरह्यो । त्यसोतः अहिले पनि उनको परिवारका केही सदस्य जुलानामा विभिन्न व्यवसाय सञ्चालन गरेर बसिरहेका छन् ।

दौलत राम क्याम्पसमा अध्ययनको दौरान उनी अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)सँग आवद्ध भइन् । त्यही क्रममा उनी दिल्ली विश्वविद्यालय विद्यार्थी युनियको सचिव र अध्यक्ष निर्वाचित भइन् । उनले स्न १९९६/९७ मा अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

उनी लामो यात्रामा थिइन् । त्यसैले बीजेपीको दिल्ली महिला मोर्चाकी महासचिव समेत बनिन् । हाल उनी पार्टीको राष्ट्रिय कार्यकारिणी समितिको सदस्यसमेत हुन् । २००७ मा उत्तर पीतमपुराबाट काउन्सिलरको रूपमा निर्वाचित भइन् । त्यसक्रममा उनले पुस्तकालयहरू, पार्कहरू, र पौडी पोखरीहरू जस्ता सार्वजनिक सुविधाहरू बढाउने काम गरिन्, जसले आम जनतासँग उनलाई जोडिरहेको थियो ।

प्रशासनिक अनुभवलाई थप अघि बढाउने क्रममा सन् २०१२ मा उनी दक्षिण दिल्ली नगर निगम (एसडीएमसी) को मेयरमा निर्वाचित भइन् । यसबीच उनले आर्थिक रूपमा कमजोर महिला विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत गर्ने लक्ष्यसाथ ‘सुमेधा योजना’ थालिन् । त्यो योजना धेरै विद्यार्थीसँग सीधा जोडिने कडी बन्यो ।

सार्वजनिक कल्याणमा जोड दिँदै उनले सीमान्तकृत समुदाय र महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले विभिन्न अभियान चलाइरहिन्, जसको कारण उनको राजनीतिक यात्रा अघि बढिरह्यो ।

महिला कल्याण तथा बाल विकास समितिको प्रमुखको हैसियतमा पनि उनले महिला सशक्तिकरणको पक्षमा काम गरिन् । सार्वजनिक कल्याणमा जोड दिँदै उनले सीमान्तकृत समुदाय र महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले विभिन्न अभियान चलाइरहिन्, जसको कारण उनको राजनीतिक यात्रा अघि बढिरह्यो ।

दिल्ली विधानसभा चुनावको दौरान उनले आफ्नो चुनावी अभियानमा ‘मेरो काम नै मेरो पहिचान हो’ भन्ने नारा खुब घन्काएकी थिइन् । त्यो नाराले धेरैलाई आकर्षित गर्‍यो र मतदाताले उनलाई विधानसभासम्म पुर्‍याए । त्यसपछि उनीमाथि बीजेपीले विश्वास गर्‍यो र केन्द्रीय राजधानीको मुख्यमन्त्रीको कुर्सी सुम्पन तयार भयो ।

छोटो समयमै उनले ५ फेब्रुअरीअघि सम्म आफूले लगाएको ‘मेरो काम नै मेरो पहिचान हो’ भन्ने नारालाई अझ सार्थक बनाउने अवसर प्राप्त गरेकी छन् । उनले लगाएको त्यो नारा केवल नारामा सीमित हुन्छ वा उनले त्यसलाई अझ सार्थक बनाउँदै राजनीतिको अझ माथिल्ला खुड्किला उक्नलेछिन्, त्यो उनको काम र समयको जिम्मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?