+

प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी

२०८१ फागुन  ८ गते ७:०९ २०८१ फागुन ८ गते ७:०९
प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी

८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् । भिल्लाको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

सुरुमा लिभरपुलले अग्रता लिएको खेलमा एस्टन भिल्लाले पुनरागमन गर्दै अग्रता बनाएपनि जोगाउन नसक्दा २ अंक गुमायो । लिभरपुलले गुमाएको अग्रतालाई बराबरी गर्दै हारबाट जोगियो ।

खेलको २९औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा युरी टिलेमन्सले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा ओली वाट्किन्सले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई अगाडि राखे ।

दोस्रो हाफको ६१औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

बराबरीपछि लिभरपुल २६ खेलबाट ६१ अंकसहित शीर्षस्थानमा यथावत् छ । एस्टन भिल्ला ३९ अंकसहित नवौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग एस्टन भिल्ला लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय