+
युरोपियन च्याम्पियन्स लिग :

एमबाप्पेको ह्‍याट्रिकमा रियल मड्रिड अन्तिम १६ मा, सिटी बाहिरियो

२०८१ फागुन  ८ गते ७:२८ २०८१ फागुन ८ गते ७:२८
एमबाप्पेको ह्‍याट्रिकमा रियल मड्रिड अन्तिम १६ मा, सिटी बाहिरियो

८ फागुन, काठमाडौं । स्टार स्ट्राइकर किलियन एमबापेले ह्‍याट्रिक गरेपछि रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा म्उान्चेस्टर सिटीमाथि ३ -१ को जित निकाल्दै समग्रमा ६-३ को नतिजाले रियल अन्तिम १६ मा पुगेको हो । हारसँगै सिटी भने बाहिरिएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि चौथो मिनेटमै गोलको खाता खोलेका एमबापेले ३३औं र दोस्रो हाफको ६१औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे । इन्जुरी समयमा निकोलस गोन्जालेजले सिटीका लागि सान्त्वना गोल फर्काए ।

सिटीको मैदानमा भएको पहिलो लेग पनि रियलले नै ३-२ गोलअन्तरले जितेको थियो । यसपटक फरक फर्म्याटमा भएको च्याम्पियन्स लिगमा दुवै टोली शीर्ष ८ मा नपर्दा प्लेअफ खेल्नुपरेको थियो ।

त्यसमाथि पनि दुई बलिया टोली प्लेअफमा एकअर्कासँगै भिड्ने समीकरण बनेको थियो ।

किलियन एमबाप्पे म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय