+

पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा, युभेन्ट्स पिएसभीसँग स्तब्ध

२०८१ फागुन  ८ गते ७:४१ २०८१ फागुन ८ गते ७:४१
पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा, युभेन्ट्स पिएसभीसँग स्तब्ध

८ फागुन, काठमाडौं । फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । प्लेअफको दोस्रो लेगमा ब्रेस्टलाई ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी समग्रमा १०-० को नतिजासहित अगाडि बढेको हो ।

पिएसजीको जितमा ब्राड्ली बार्कोला, किविचा कारात्सखेलिया, भितिन्हा, डिजायर डाउर, नुनो मेन्डेस, गोन्सालो रामोस र सेनी मायुलुले १-१ गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

च्याम्पियन्स लिग इतिहासमा एउटै खेलमा सात फरक खेलाडीले गोल गरेको यो पहिलोपटक हो । यसअघि पहिलो लेगको खेलमा पिएसजी ब्रेस्टकै मैदानमा ३-० ले विजयी भएको थियो ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पिएसभीसँग स्तब्ध हुँदै प्लेअफबाटै बाहिरिएको छ । पिएसभीले घरेलु मैदानमा भएको खेलमा ३-१ को जित निकाल्यो ।

पहिलो लेगको खेल २-१ ले जितेपनि युभेन्ट्सले उक्त अग्रतालाई कायमै राख्न नसक्दा समग्रमा ४-३ गोलअन्तरले पराजित भयो ।

योसँगै च्याम्पियन्स लिगको प्लेअफका खेलहरू पनि सकिएका छन् ।

पिएसजी युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय