
८ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ : ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।
तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए ।
माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको भूमिकामा थिए ।
सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए ।
सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
प्रतिक्रिया 4