+
+
Shares

वीरगञ्जका ७ निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, एउटालाई बन्द गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते ९:४२

८ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित ७ वटा निजी अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् ।

भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बिनादर्ता सञ्चालन भएको पाइएको नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरलाई तत्काल बन्द गर्न निर्देशन दिइएको मधेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

यसैगरी भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलको नवीकरण नभएको पाइएको छ । त्यसैले ती हस्पिटल सञ्चालकलाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

अनुगमन टोलीका सदस्यहरुका अनुसार अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नगरिएको, विपन्न, ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजाजत लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको जस्ता त्रुटिहरु पनि भेटिएको छ ।

त्यस्ता त्रुटिहरु सुधारेर मापदण्ड पालना गर्न पनि मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?