+
+
Shares

सुनको भाउ फेरि उच्च विन्दुमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १०:४५

८ फागुन, काठमाडौं । सुनको भाउ फेरि उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।

अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?