+
+
Shares

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १२:२५

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए ।

शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए ।

भ्रमण रद्ध हुनुको कारणबारे भने पौडेलले केही बताएनन् । ‘सभापति भारत जाने तयारी थियो । रद्ध भएको छ,’ पौडेलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?