+
+
Shares

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १३:२४
Photo Credit : ANI

७ फागुन, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार  सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका नेताहरूको सहभागिता रहेको थियो ।

बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?