
काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा ‘ए मेरो हजुर ५’को तयारीमा छिन् । नयाँ फिल्मअघि झरना तीर्थव्रतमा पुग्छिन् । यो फिल्मअघि पनि झरना र निर्माता सुनिलकुमार थापा यतिबेला भारतको प्रयागराजमा भैरहेको महाकुम्भमा पुगेका छन् ।
संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर उनले सेयर गरेकी छिन् । थापा दम्पतीले महाकुम्भमा डुबुल्की मारेको देख्न सकिन्छ । फोटो सेयर गर्दै झरना लेख्छिन्, ‘महाकुम्भ मेलामा स्नान गर्दै । महाकुम्भ मेला हिन्दू धर्मको एक महत्वपूर्ण धार्मिक पर्व जसमा करोडौं श्रद्धालुहरूको साथ स्नान गर्दै ।’
झरनाअघि अभिनेत्रीहरू नीता ढुंगाना, मलिना जोशी, पूजा शर्माले पनि महाकुम्भमा पुगेर डुबुल्की मारेका छन् । झरनाको कुरा गर्दा, उनले आगामी श्रृंखलाको तयारी थालेकी छिन् र यसको सुरुवात अहिलेका चर्चित संगीतकार खेम सेन्चुरीलाई संगीत कम्पोजरको रुपमा डेब्यु गराउँदै सुरु भएको छ । यो फिल्मको ‘कास्ट र क्रू’बारे चाँडै विस्तृत आउने जानकारी निर्माता थापाले दिए ।
प्रतिक्रिया 4