+
+
Shares

प्रकृतिको मृत्युबारे रवीश कुमार- केआईआईटी र प्रहरीले पहिल्यै कारबाही गरेको भए…

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १४:५५

८ फागुन, काठमाडौं । भारतका चर्चित पत्रकार रवीश कुमारले प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर कलेज प्रशासन र प्रहरीको प्रारम्भिक व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन् ।

दक्षिण एसियाको प्रतिष्ठित रमन म्यागसेसे पुरस्कारबाट समेत सम्मानित रवीशले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रकृतिबारे एउटा भिडियो राखेका छन्, जसमा प्रकृतिको लागि न्याय माग्ने विद्यार्थीलाई किन होस्टल खाली गरेर जान भनियो भनेर उनले प्रश्न सोधेका छन् ।

युनिभर्सिटीका कर्मचारीले नेपालको बजेटलाई लिएर गरेको टिप्पणीप्रति समेत उनले आपत्ति जनाएका छन् ।

‘कुनै पनि युनिभर्सिटीलाई यति धेरै अहंकार हुनु हुँदैन, यसले हामी दोस्रो देशलाई कसरी हेर्न थालेका छौं भन्ने देखाउँछ’, उनले भनेका छन्, ‘कुनै पनि देश कुनै मुलुकभन्दा कम हुँदैन, यो एउटा न्यूनतम जानकारी हो, सबैले यो बुझ्नुपर्छ ।’

कलेज प्रशासनले यस्तो व्यवहार नगरेको र प्रहरीले समेत सुरुमै छानबिनमा तादरुकता देखाएको भए प्रधानमन्त्री समेतले यस मामलामा सार्वजनिक रुपमा बोल्नुपर्ने अवस्था सिर्जना नहुने उनले भनेका छन् ।

‘यस्तो लेख्नुपर्ने स्थिति किन आयो ? केआईआईटी र ओडिसाको पुलिसले पहिल्यै भरोसायोग्य कारबाही गरेको भए नेपालको प्रधानमन्त्रीले यस्तो ट्वीट गर्न पर्दैन्थ्यो’, उनले भनेका छन्, ‘नेपाली विद्यार्थीमाथि जस्तो व्यवहार भयो त्यो एकदम गलत थियो ।’

उनले कलेजका विद्यार्थीहरूलाई समेत यो मामलालाई एकअर्को देशको नभइ एउटा साथीको न्यायको मामलाका रुपमा हेर्न सुझाएका छन् ।

थप लम्साल मृत्युबारे रवीश कुमारको भनाइ जस्ताको तस्तै

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना एकदमै अफसोचपूर्ण छ । ठिक छ, यो घटनामा ६ जनाको गिरफ्तारी भएको छ ।

कुनै पनि युनिभर्सिटीमा यति धेरै अहंकार हुनु हुँदैन । केआईआईटीका अधिकारीहरुले जस्तो टिप्पणी गरे, त्यसले हामी दोस्रो देशलाई कसरी हेर्न थालेका छौं भन्ने देखाउँछ

तर, यो गिरफ्तारी त्यतिबेला भयो, जब नेपालका प्रधानमन्त्री केपी ओलीले ट्वीट गरे, लेखे कि भारतमा रहेको नेपाली दूतावासका दुई अधिकारीलाई नेपाली विद्यार्थीको मद्दतका लागि ओडिसा पठाइएको छ ।

यस्तो लेख्नुपर्ने स्थिति किन आयो ? केआईआईटी र ओडिसाको पुलिसले पहिल्यै भरोसा योग्य कारबाही गरेको भए नेपालको प्रधानमन्त्रीले यस्तो ट्वीट गर्न पर्दैनथ्यो । नेपाली विद्यार्थीमाथि जस्तो व्यवहार भयो त्यो एकदम गलत थियो ।

केआईआईटीका अधिकारीहरूले जसरी भने नेपालका जति बजेट छैन, त्यसभन्दा बढी उनको युनिभर्सिटीले विद्यार्थीलाई सित्तैमा खाना खुवाइरहेको छ । कुनै पनि युनिभर्सिटीमा यति धेरै अहंकार हुनु हुँदैन । यसले हामी दोस्रो देशलाई कसरी हेर्न थालेका छौं भन्ने देखाउँछ ।

कुनै पनि देश कुनै मुलुकभन्दा कम हुँदैन । यो एउटा न्यूनतम जानकारी हो, सबैले यो बुझ्नुपर्छ । जुनसुकै युनिभर्सिटीमा जहाँ दोस्रो मुलुकका विद्यार्थी पढ्छन् उनीहरूले आफ्नो कर्मचारीलाई यो कुरा जरुरी छ ।

भारतको बजेट पनि दुनियाँमा कतिपय राष्ट्रहरुको तुलनामा एकदम कम छ । अन्तर्राष्ट्रिय छात्रा भारतको भरोसामा आउँछन् । यो भारतको छविको पनि विषय हो, किन नेपालको छात्रालाई होस्टल खाली गर्न भनियो ? के यसरी छात्राहरुलाई निकाल्न मिल्छ कि तिमी आफ्नो घर जाउँ ? के उनीहरूलाई छिटो होस्टल खाली नगर्दा पिटियो पनि ?

कसरी ५ सय छात्रालाई बसमा राखेर क्याम्पसबाट निकिालयो ? यो कसको आदेश थियो कसको फैसला थियो ? को को यसमा संलग्न थिए यो सबै विषयमा जाँच हुनुपर्छ । र, विदेश मन्त्रालयले हस्तक्षेप गरेर ठोस कारबाही सुनिश्चित गर्नुपर्छ । यो विषय केवल एउटा कलेज वा युनिभर्सिटीको मात्र होइन । भारतको पनि हो र यही विषय त्यहाँ पढ्नेवाला भारतका विद्यार्थीको पनि हो ।

प्रकृति उनीहरूको साथी थिइन् । उनीमाथि सही भयो कि गलत भन्ने विषयमा सिर्फ क्लासमेटको नाताले हेर्नुपर्छ । यसलाई भारत र नेपालको मामला बनाउनु हुँदैन ।

मलाई आशा छ, विद्यार्थीहरूले यो विषय सम्झन्छन् । किनभने, केआईआईटीका छात्रा पनि बढी संख्यामा दोस्रो देशमा काम गर्न जान्छन् । यो उनीहरुका लागि पनि जरुरी हो कि केआईआईटी सबैसामू बराबरका साथ पेस आओस् ।

ओडिसा सरकारले एउटा कमिटी बनाएको छ, ६ व्यक्ति पक्राउ परेका छन् । जो पनि पक्राउ परेका छन्, उनीहरूमाथि पारदर्शी तरिकाले जाँच हुनुपर्छ ताकि यसलाई लिएर अड्कल र अफवाह नफैलियोस् । हत्या वा आत्महत्या जे पनि जाँच हुन्छ, पुलिसलाई प्रकृतिको परिवार र साथीहरुलाई पनि भरोसामा लिने गरी जाँच हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?