+
+
Shares

वीरगञ्जबाट लागूऔषधसहित एक भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतको बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १४:०४

८ फागुन, काठमाडौं । वीरगञ्जको शंकराचार्य गेटबाट लागूऔषध चरेश र गाँजा जस्तो देखिने वस्तु सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा बुधबार चेक गर्ने क्रममा उनले बोकेको ब्यागमा ६ केजी ३ सय ग्रामको गाँजा र २ केजी १०० ग्रामको चरेश जस्तो देखिने वस्तु बरामद भएको हो ।

पक्राउ परेका अधिकारीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?