+
+
Shares

केशु विरहीको ‘उपद्रष्टा हर्कमान तामाङ’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १५:१४

८ फागुन, विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ विमोचन भएको छ । ८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् । तामाङको जीवनीका विषयमा पत्रकार तथा साहित्यकार केशु विरहीले लेखेको पुस्तक विमोचन भएको हो ।

पुस्तकमा तामाङको राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक विषय समेटिएको छ । तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले बताए ।

दोस्रो जनआन्दतोलन ताका चर्चित नेता तामाङ २०४८, २०५१ र २०५६ सालमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३  (साविकको क्षेत्र नम्बर ४) बाट सांसद निर्वाचित भएका थिए ।

तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको रकममध्ये ५० प्रतिशत रकमले बेलबारीमा अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमले अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गरिने विरहीले बताए ।

अक्षयकोष बेलबारी बहुमुखी क्याम्पसमा स्थापना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?