
८ फागुन, काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘जुन त लग्यो ताराले’ मञ्चन हुने भएको छ । यो नाटक यही फागुन १० गतेदेखि १८ गतेसम्म मञ्चन हुने इँगिहोपो कोँइच सुनुवारले जानकारी दिए ।
सुनुवार यस नाटकको निर्देशकका साथै लेखक समेत हुन् । वैदेशिक रोजगारीको सपना, त्यसले निम्त्याएको बिछोड, एक्लोपनका कथाहरु नाटकमा समेटिएको सुनुवारले बताएका छन्।
ल्याब १६ प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुका साथै नाटक निर्देशनको जिम्मवारी समेत आफूले पाएको उनले बताएका छन्।
नाटकमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डितलगायत १८ कलाकारले अभियन गरेका छन् । सोमबार बाहेक दिउँसो ४ बजे नाटक मञ्चन हुने जानकारी सुनुवारले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4