+
+
Shares

‘ताण्डवम्’लाई प्रदर्शन अनुमति, शुक्रबारदेखि रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १६:३८

काठमाडौं । फिल्म ‘ताण्डवम्’लाई शुक्रबार प्रदर्शन हुने बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको हिंसात्मक दृश्यमा कैंची चलाउँदै प्रदर्शन अनुमति दिएको छ ।

फिल्ममा समावेश सबै हिंसात्मक दृश्य काटेर पीजी सर्टिफिकेट दिइएको छ । फिल्मले ब्यापक काँटछाँटसहित प्रदर्शन अनुमति पाएको निर्देशक जुनिम गहतराजले बताए ।

अब यो फिल्मलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ । फिल्मको रनटाइम पनि छोटिएको छ र १ घण्टा ५६ मिनेट तय छ । यसअघि २ घण्टा ६ मिनेटको रनटाइम थियो ।

‘हामीले राम्रो सिनेमालाई दर्शकसामु पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए ।

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । फिल्मले एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा हुने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पेश गर्छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । फिल्मालाई धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?