+
+
Shares

पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

प्रहरीका अनुसार पोखरा महानगरपालिका-८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग१३प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १७:१४

८ फागुन, काठमाडौं । कास्कीको पोखरामा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका-११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग१३प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार गुरुङ गम्भीर घाइते भएकी थिइन् ।

उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?