+
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप :

लेबनानसँग खेल्ने नेपाली टोलीमा दुई परिवर्तन

२०८१ फागुन  ८ गते १७:२८ २०८१ फागुन ८ गते १७:२८
लेबनानसँग खेल्ने नेपाली टोलीमा दुई परिवर्तन

८ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै छ ।

केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले पहिलो खेलबाट दुई परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरेको छ ।

पहिलो खेलका क्रममा घाइते भएकी निशा थोकर र रश्मी कुमारी घिसिङ बेन्चमा छन् । निशाको स्थानमा समिक्षा घिमिरे पहिलो रोजाइमा आएकी छन् भने रश्मीको स्थानमा सावित्रा आएकी हुन् ।

पहिलो खेलमा सावित्रा दोस्रो हाफमा सबस्चिट्युटका रूपमा मैदान उत्रिएकी थिइन् । नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले हराएको थियो ।

नेपालले आजको खेल जितेमा म्यानमार र नेपाल एक खेलअगावै फाइनलमा स्थान बनाउने पक्का हुनेछ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय