
८ फागुन, काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको छ ।
झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानिको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रुग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4