+
+
Shares

मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १३:५८

८ फागुन, काठमाडौं । संघीय संसद्‍मा पेस भएका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

प्रेस युनियन काठमाडौं शाखाले विरोध प्रदर्शन गर्दै ती दुई विधेयक विना सर्त फिर्ता लिन सरकारसँग माग गरेको छ ।

संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने गरी ल्याइएको विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको हो ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसलाई कमजोर बनाउने, नियन्त्रणमा राख्ने तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने किसिमका कुनै पनि कानुनलाई मान्न नसकिने बताए ।

‘प्रेसलाई कमजोर बनाउने, नियन्त्रणमा राख्ने तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने किसिमका कुनैपनी कानुनलाई प्रेस युनियन स्वीकार गर्दैन, मिडियालाई ब्यवस्थित बनाउने नाममा, सामाजिक संजाललाई ब्यवस्थित गर्ने नाममा लोकतन्त्रलाई कमजोर बनाउने कुनैपनि कानुन युनियनले स्वीकार गर्न सक्दैन,’ लम्सालले भने ।

लम्सालले सरकारले विना सर्त विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन गर्न बाध्य हुने बताए ।

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले काठमाडौको माइतीघर मण्डला आन्दोलनलाई निर्णायक गन्तव्यमा पुर्‍याउने थलो भएको भन्दै आन्दोलनको सुरुवात भएको बताए ।

विरोध प्रदर्शनमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षद्वय जीवन भण्डारी र प्रेम चुनारा, महासचिव दिलीप पौडेल लगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?