+
+
Shares

ताप्लेजुङमा झडप : फुङलिङदेखि काफ्लेपाटीसम्मको यातायात बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते २२:०१

८ फागुन, काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको छ ।

यातायात व्यावसायी संघ काफ्लेपाटीले सडक बन्द गरेको हो ।

प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए ।

झडपमा परी १२ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।

प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रुग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?