
काठमाडौं । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ ।
एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशिल सिटौला लगायतलाई चित्रण गरिएको छ ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा गीत छायांकन गरिएको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिंम्खडा, संगीता सिलवाल, समीम खानको अभिनय छ ।
राजुविक्रम थापाको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । राजु पराजुली र सुमित वलीको सहनिर्माण, प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जनको पनि लगानी छ ।
प्रतिक्रिया 4