+

भारतका आशुतोष कुमारले जिते विदुर मेयर कप चेसको उपाधि

२०८१ फागुन  ८ गते २१:३८ २०८१ फागुन ८ गते २१:३८
भारतका आशुतोष कुमारले जिते विदुर मेयर कप चेसको उपाधि

८ फागुन, काठमाडौं । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सम्पन्न प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका आशुतोष कुमारले जितेका छन्।

प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका हुन्।

स्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहालसँग बाध्यतात्मक बराबरी खेलेका थिए भने धिरेन राईले पुरुषोत्तम चौलागाईं माथि जित दर्ता गर्दै शीर्षमा समान अंक बनाए ।

७ चरणको खेलवाट एफएम क्षितिज भण्डारीले ५ दशमलव ५ अंक उच्च ३० बुकोज्ल्स् प्वाइन्टका आधारमा तेस्रो हुन सफल भएका छन्। सिएम शुश्रुत दहालले अन्तिम चरणको खेलमा जित हासिल गर्न सकेनन् । शुश्रुतले ५.५ अंक बनाउदै २९.५ बुकोल्ज्स् चौथो स्थान हात पारेका छन्। भारतका विनायक सिंह यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन्।

यस्तै नेपालका युवा पुरुषोत्तम सिलवाल, भारतका मोहित कुमार सोनि, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौ देखि दशौं स्थानमा रहन सफल भएका छन्।

स्थानीय तर्फ नुवाकोटका प्रकाश जोशीले ४ प्वाइन्ट बुकोल्ज्स् २१.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। समान अंक चारमा सक्सेस श्रेष्ठले २०.५ बुकोल्ज्स् प्राप्त गरेका छन्। यस्तै समान ४ अंकमा शंकर प्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौ स्थानमा रहन सफल भएका छन्।

यसैगरी महिला तर्फ नेपाली चेली बिनिता कपाली प्रथम , सिन्दिरा जोशी दोस्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेका छन। खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेड तर्फ सुमित जोशी, नवीन वैद्य, अमित कुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन्।

सिनियर खेलाडी तर्फ नवीन तण्डुकार, मोहन सिंह प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन , इलो १८ सय प्रेम खड्का, अर्मान सिद्दिकि, सुशील सुवेदी, इलो १६ सयमा विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तीनमा छन्।

यस्तै युवा १८ वर्षमा महाज इकबाल, आभाष कुमार श्रेष्ठ, सात्विक मान तुलाधर शीर्ष तिन , अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसि, शाश्वत श्रेष्ठ शीर्ष तीनमा रहन सफल भएका छन्।

विदुर मेयर कप बुद्धिचाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय